सिन्धुपाल्चोक र वाग्लुङ्ग विपद संकटग्रस्त क्षेत्र घोषित
सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिए ।
सरकारको यो निर्णयपछि त्यस ठाउँमा पुनर्निर्माणको काम गरिनेछ सरकारले जनाएको छ। विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर गरिने पुनर्निमाणको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने ज्ञवालीको भनाई छ ।