News

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता 

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता 

काठमाडौं । नेपालका केही बैंक र कम्पनीहरू विदेशीबाट शंकास्पद रुपमा प्राप्त पैसा स्थानान्तरणमा संलग्‍न रहेको पाइएको खोज पत्रकारिता केन्द्र र बजफिडले खुलासा गरेको छ । आइतबार जारी गरिएको अनुसन्धानको प्रतिवेदनले नेपाली कम्पनीहरू र विशेष गरी इरान र चीनको व्यापारमा अमेरिकी प्रतिबन्धविरुद्ध उभिने बैंकहरुको संलग्‍नता रहेको पाइएको छ । 

अमेरिकाको वित्तिय ट्रान्ज्याक्स प्रणालीलाई निगरानी गर्ने फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले बेलायतको एचएसबीसी बैंकले अवैध धन जम्मा गरेको सार्वजनिक हुँदा पनि रकम स्थानान्तरण गरिरहेको खुलासा गरेको हो । जसलाई फिनसेन फाइल्स नाम दिइएको छ । 'फिनसेन फाइल्स' का अनुसार डिसेम्बर २००६ र मार्च २०१७ को बीचमा नेपालका ९ वटा बैंक र १० वटा कम्पनी र विभिन्‍न व्यक्तिले सीमापार व्यापारको नाममा शंकास्पद कारोबार गरेको पाइएको छ । जसमा अवैध पैसा ओसारपसार भएको पाइएको छ । 

"यसले केहि नेपाली व्यवसायिक व्यक्ति र संस्थाहरु सुन, पुराना बहुमुल्य वस्तुहरु, बिटुमेन र दूरसञ्‍चार उपकरणको अन्तर्राष्ट्रिय तस्करीमा लागेको देखाउँछ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्शियल बैंक, काठमाडौं बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सगरमाथा बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकलाई शंकास्पद पैसा हस्तान्तरण गर्ने बैंकहरूको सूचीमा समावेश गरिएको छ," २५ पृष्ठ लामो प्रतिवेदनमा भनिएको छ । 

फिनसेन फाइल्सले उक्त संदिग्द रकम स्थानान्तरणमा १० नेपाली कम्पनीको संलग्‍नता रहेको देखाएको छ । प्रतिवेदनका अनुसार ११ वर्षमा यी बैंक र कम्पनीहरूमार्फत २९२.७ मिलियन अमेरिक डलरको कारोबार भएको छ । उक्त रिपोर्टले रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स प्रालि, शास्ता ट्रेडिंग कम्पनी, सेतीदेवी निर्यात आयात प्रालि, एलडी इन्टरनेश्‍नल प्रालि,फेल्ट एन्ड यार्न प्राली, महिला पेपर क्राफ्ट, एसेमी मनी ट्रान्सफर र सन्‍नी इन्टरप्राइजेजले उक्त रकमको कारोबारमा संलग्‍न भएको देखाएको छ । 

यी कम्पनीहरुमध्ये, रौनियार ब्रदर्स एण्ड कम्पनी र पर्साको शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेले दुबई स्थित कम्पनी काइट इन्टरनेसनल एफजेडईमार्फत संदिग्ध कारोबार गरेको पाइएको छ । जसको मुख्य कारोबार पेट्रोलियम पदार्थ, बिटुमेन, सवारी साधन, लुब्रिकन्ट र रबर प्रशोधन र ईन्जिन तेलको रहेको थियो ।

"दुबइस्थित यस्ता संदिग्ध कम्पनीहरूमार्फत रौनियारले नेपालमा बिटुमेन र पेट्रोलियम पदार्थको आयात र निर्यातको नाममा संदिग्ध रकमको कारोबार र स्थानान्तरण गरेका छन् । रौनियार ब्रदर्स र शुभ समृद्धि ट्रेडर्सले बारम्बार स्ट्यान्डर्ड चार्टर्डबाट लेटर अफ क्रेडिट (एलसी) खोलेका छन् । बैंक अफ काठमाडौं, सेप्टेम्बर २८, २०१० र सेप्टेम्बर ४, २०१४ बीच यी चार कम्पनीले दुबई लगायत विभिन्‍न देशहरूमा ७१ दशमलव ४ मिलियन अमेरिकी डलरको भुक्तानी पठाएको छ," रिपोर्टले खुलासा गर्‍यो ।

उनले थप्दै भने, "फिनसेनले यी कम्पनीहरूको बारेमा संवेदनशील तथ्य औंल्याएको छ । रौनियारको कम्पनीले सामान इरानबाट ल्याएको थियो, जहाँ संयुक्त राज्यले व्यापार प्रतिबन्ध लगाएको थियो । यद्यपि उक्त सामानहरु दुबइबाट आयात गरेको देखाउन सोही अनुसारको कागज बनाइएको छ ।"

अनुसन्धानको क्रममा नेपालका अनुसन्धान पत्रकारहरुले काइटमार्फत यस विषयमा प्रतिक्रिया लिने प्रयास गरेको काइटले कुनै प्रतिक्रिया पठाएन । तर, अुसन्धान टोलीले केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र संयुक्त राज्य अमेरिकामा रहेको 'काइट इन्टरनेसनल एफजेडई' लाई आफ्नो वेबसाइटमा "नेपालमा उच्च शिक्षाको लागि नयाँ प्रोजेक्ट" सुरु गरेको पत्ता लगाएको छ । तर, परियोजनाको लागि दावी गरिएको कुनै आधिकारिक रेकर्ड उपलब्ध छैन ।

काइटको साथ स्थापित भएको दुई कम्पनीका निर्देशकहरुमध्ये एक नारायणजी रौनियारले उनीहरुका दुबै कम्पनीहरु अहिले बन्द रहेको बताएका छन् । "अहिले कुनै कम्पनी छैन । यो बन्द भएको चार-पाँच वर्ष भयो," उनलाई उदृत गर्दै प्रतिवेदनमा भनिएको छ ।

"हामी बिटुमेन आयात गरेका थियौं, तर अब हामी गर्दैनौं," उनले थपे । फिनसेनले भन्‍यो, "नारयाणजी छोरा प्रकाशकुमार रौनियार यस व्यवसायको मुख्य योजनाकार थिए । नारायणजीले विदेशमा रहेको र फोन नम्बर उपलब्ध गराउने बताएका थिए । तर, उनले दिएनन् । दुबै रौनियार ब्रदर्स एण्ड कम्पनी र शुभ समृद्धि ट्रेडर्स प्रालि वीरगन्जका नारायण जी रौनियार र उनका चार छोरा श्यामबाबु, ज्योतिबाबू, प्रकाश कुमार, र दीप कुमार बाबुको नाममा दर्ता छन् ।
 

विशेष