झापाका ८६ वर्षिय कोरोना संक्रमित वृद्धको विराटनगरमा मृत्यु
झापाको भद्रपुर नगरपाकिला १० का एक कोरोना संक्रमितको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।
विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले वताए ।
कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। पिसिआर परिक्षणका क्रममा उनलाई सोमवार नै कोरोना पुष्टि भएको थियो । उनलाई स्वासप्रश्वास, ज्वरो र जटिल खालको निमोनिया देखिएको थियो।
उनलाई मिर्गौलाको पनि समस्या देखिएको अस्पतालले जनाएको छ ।