News

बिल गेट्सको नजरमा नेपालकी लक्ष्मी रायमाझी ‘कोभिड हिरो’

बिल गेट्सको नजरमा नेपालकी लक्ष्मी रायमाझी ‘कोभिड हिरो’

विश्वका अरवपति विल गेट्सको नजरमा नेपाली नारी लक्ष्मी रायामाझि कोभिड हिरो वन्न सफल भएकी छिन।

कोरोना भाईरसको संक्रमणका वेला पनि स्वास्थ्य शिक्षा र सामाजिक उत्तरदायित्व निर्वाह गरी रहेकी रायामाझिलाई गेट्सले कोभिड हिरोको उपमा दिएका छन् ।

गेट्सले आफनो ब्लग गेट्स नोट्समा ‘कोभिड– १९ को समयमा समस्यामा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय व्यक्तिहरू’ भन्दै विश्वका ७ जनाको नाम प्रकाशित गरेका छन् । जसमा काभ्रेपलाञ्चकको पाँचखाल नगरपालिका १०, वेलाकी रायामाझिको चर्चा गरिएको छ ।

‘महिला स्वास्थ्यका लागि लामो यात्रा’ भन्ने शिर्षकमा लेखिएको लेखमा परिवार नियोजन सेवा प्रदान गर्न उनले खेलेको भुमिका र अवरोधहरुका विषयमा चर्चा छ ।

मेरी स्टोप्स इन्टरनेसनलको सामाजिक स्वास्थ्य कार्यकर्ताका रूपमा रायामाझीले भौगोलीक विकटतामा पनि काम गरिरहेको र घण्टौंसम्म हिमाल चढ्नेदेखि नदी/पहिरो पार गर्दै ग्रामीण क्षेत्रमा पुगेर सेवा दिने गरेको उनले लेखेका छन् । 

‘महामारीअघि पनि उनको काम सहज थिएन, तर महामारीले नयाँ अवरोधहरू सिर्जना गरेको छ’– उनले लेखेका छन्–‘ लकडाउन, आपूर्ति श्रृंखला अवरोधलगायतका असहज परिस्थितीले पनि नेपालमा महिलाहरूलाई यौन र प्रजनन स्वास्थ्य सेवाहरू प्रदान गर्न झन् गाह्रो भएको छ।’ गेट्सले यस्तो वातावरणमा  पनि लक्ष्मीले स्थानीय महिलालाई परिवार नियोजन र प्रजनन स्वास्थ्यका बारेमा वुझाउने कार्यलाई निरन्तरता दिएको जनाएका छन् ।

एक अध्ययनका अनुसार कोभिड –१९ का कारण विश्वव्यापि आपूर्ती व्यवस्थामा आएको अवरोधले गर्भ निरोधकका साधनको अभाव हुन सक्ने र ४९ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने तथा १५ मिलियन अनिच्छित गर्भधारण हुने प्रक्षेपण गरेको उल्लेख गर्दै गेट्सले लक्ष्मी र उनी जस्ता हजारौं सेवा प्रदायक यस्ता समस्यावाट पार पाउन अथक प्रयास गरिरहेको लेखेका छन्।

लक्ष्मीले समस्यामा परेका महिलालाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा दिन दुर दराजका गाउँमा भ्रमण गर्ने गरेको गेट्सले उल्लेख गरेका छन् । 

विशेष