२४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु, थप १४ सय ९७ जनालाई संक्रमण
मुलुकभर विगत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।
यसैगरी, सो अवधिमा १ हजार ४९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमितको जम्मा संख्या ६९ हजार ३०१ पुगेको छ।
२४ घन्टामा ४५७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ ।
भदौ २४ गतेदेखि नेपालमा प्रत्येक दिन १ हजार भन्दा बढी सक्रमित फेला परिरहेका छन्।
गत शुक्रवार एकै दिन सर्वाधिक दिन २ हजार २० जनामा सक्रमण पुष्टि भएको थियो।