News

उर्जामन्त्रीले प्राधिकरणका आधा दर्जन कर्मचारीलाई किन वोलाए मन्त्रालय ?

उर्जामन्त्रीले प्राधिकरणका आधा दर्जन कर्मचारीलाई किन वोलाए मन्त्रालय ?

ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारीलाई मन्त्रालयमा वोलाएर विद्युत आपुर्तिमा भईरहेको अनियमितताका विषयमा छलफल गरेका छन् ।

विहिवार भएको छलफलमा मन्त्री पुनले विद्युत आपुर्तिका विषयमा जनताले गरेका तत्काल सम्वोधन गर्न निमित्त कार्यकारी निर्देशक कोइरालालाई निर्देशन दिए । ठूलै समस्या आए तत्काल आफूलाई जानकारी गराउन पनि उनले निर्देशन दिएका छन् ।

प्राधिकरणमा कार्यकारी निर्देशक नभएको विषयमा सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि नै प्रश्न उठाइरहेकाले ब्यवहारवाटै त्यसको जवाफ दिन उनले कर्मचारीलाई सुझाव दिएका छन् ।

विद्युत प्राधिकरण संवेदनशील निकाय भएकाले सेवा प्रवाहमा एक मिनेट पनि ढिला गर्न नहुने कुरामा मन्त्री पुनको जोड थियो । कोरोनाका कारण विद्यालयहरुमा अनलाइन कक्षाहरु भइरहेकाले विद्युत अनियमित हुँदा पढाइमा समस्या आउने भएकाले त्यसपति गम्भिर हुन उनले कर्मचारीलाई अह्राए ।

मन्त्री पुनले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको जानकारी पनि दिए ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले भने कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको जानकारी दिए । 
 

विशेष