हुम्लाको नाम्खामा हराएको ११ नम्वर सिमास्तम्भ भेटियो
हुम्लाको नाम्खा गाउँपालिका–६ को टाकुलेमा हराएको भनिएको नेपाल–चिन छुट्याउने ११ नम्वर सिमास्तम्भ फेला परेको छ ।
हुम्लाका सिडिओ चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले वताए ।
हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको उनले बताए । स्तम्भ भेटिएपछि चीन र नेपालको भुमि छुट्याउन सजिलो हुने उनले जनाए ।
स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन सिडिओ कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर, खोजीकार्यले गति लिन भने सकेको थिएन ।