News विदेश

पछिल्लो २ वर्षमा पाकिस्तानको अर्थतन्त्र ध्वस्त भयो : नवाज शरिफ

पछिल्लो २ वर्षमा पाकिस्तानको अर्थतन्त्र ध्वस्त भयो : नवाज शरिफ

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार आएपछि पाकिस्तानको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् । उनले इमरान खान नेतृत्वको सरकारलाई 'नालायक' सरकारको संज्ञासमेत दिएका छन् । उनले भने, "पछिल्लो २ वर्षमा पाकिस्तानको अर्थतन्त्र पूर्णरुपमा ध्वस्त भएको छ ।" विपक्षी दल नेतृत्वको सर्वदलीय बैठकमा शरिफले सरकाविरुद्ध बोल्‍न राजनीतिज्ञलाई झुण्याउने, हत्या गर्ने, जेलमा हाल्ने र अयोग्य ठहर्‍याउने काम भइरहेको छ ।" 

उनले पाकिस्तानको लोकतान्त्रि प्रणाली पनि समाप्त हुँदै गएको बताएका छन् । उनले भने, "जनताको जनमतलाई अपमान गरिएको छ । जसका कारण पूर्ण लोकतान्त्रि प्रणाली नै अर्थहीन बनाइँदै छ । निर्वाचन प्रक्रियाअघि नै कसले चुनाव जित्छ भन्‍ने घोषणा गरिन्छ भने चुनावको अर्थ के भयो । जनताको म्याण्डेको अर्थ रहँदैन ।" 

पाकिस्तानलाई विदेशीको प्रयोगशाला बनाइएको आरोप लगाउँदै भने, "हरेक बालबालिकालाई थाहा छ, आजसम्म कुनै पनि एक प्रधानमन्त्रीलाई पाँच वर्षसम्म काम गर्न दिइएको छैन ।" उनले 'नालायक सरकार' ले अझै पनि अर्थतन्त्रलाई बचाउने दिशामा नसोचेकोसमेत बताएका छन् । 

विशेष