एसिड छ्याप्नेलाई २० वर्ष कैद, १० लाख जरिवाना
वालिका तथा किशोरी माथि एसिड छ्यापेर घाईते तथा कुरुप वनाएर सन्तुष्टि लिने घटना वढ्दै गएपनि सरकारले त्यस्ता घट्नाका आरोपीलाई २० वर्षसम्म कैद सजाय हुने अध्यादेश पास गरेको छ ।
एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको हो ।
अध्यादेशमा एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने ब्यवस्था छ।
अध्यादेश राष्ट्रपतिबाट जारी भई शुक्रवार नै राजपत्रमा प्रकाशित गरिने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
एसिड अपराधविरुद्ध अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले जानकारी दिईन।
मुलुकी अपराध संहिता ऐन–२०७४ मा भएका कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाएको हो ।
एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको मन्त्री तुङ्बाहाम्फेले वताईन ।