News विदेश

 सेनाद्वारा सर्वसाधारणका लागि रेडियो स्टेशन सञ्‍चालन    

 सेनाद्वारा सर्वसाधारणका लागि रेडियो स्टेशन सञ्‍चालन    


अनन्तनाग । “गुड मर्निङ काश्‍मीर । यो रेडियो राब्ता ९०.८ दील से दिल तक । नागरिकका लागि सेनाको पहिलो सामुदायिक रेडियो स्टेशन (सीआरएस)मा स्वागत छ" । 

सेनाले बुधबार पहिलो समुदाय रेडियो स्टेशन (सीआरएस) दक्षिण कश्मीरमा सुरु गरेको छ । रेडियो स्टेशनको टावर अनन्तनाग उच्च मैदानमा स्थापना गरिएको छ  र स्टुडियो एक ब्यारेकमा राखिएको छ । सेनाले आतंकवादको मारमा परेको शोपियान जिल्लामा त्यस्तै अर्को स्टेशन सुरु गर्ने योजना बनाइरहेको छ ।

दक्षिणी काश्मीरमा रहेको भिक्टर फोर्सका मेजर जनरल ए सेनगुप्ताले ट्रिब्यूनलाई भने, "यसको उद्देश्य भनेको मनोरञ्जन र शान्तिको सन्देश लिएर सर्वसाधारण, विशेष गरी युवाहरू सम्म पुग्‍नु हो ।"

सामुदायिक रेडियोमा कार्यरत एक सेनाले दिनमा अधिकांश समय प्रसारण हुने बताए । उनले प्रसारणको भाषा उर्दू र काश्मिर भाषामा हुनेसमेत उनले जानकारी दिए ।
 

विशेष