News

खोप परीक्षणका लागि स्वस्थ्य ब्यक्तिलाई संक्रमित वनाईने

खोप परीक्षणका लागि स्वस्थ्य ब्यक्तिलाई संक्रमित वनाईने

युकेमा कोभिड –१९ को खोप परिक्षणका लागि स्वयंसेवकलाई जानाजान कोरोना भाइरसबाट संक्रमित बनाईने भएको छ ।

युके यस्तो परिक्षण गर्ने पहिलो मुलुक हुनेछ । ‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने बताइएको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट संक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँचिने छ । 

यस विषयमा द फाइनान्शल टाइम्सले पहिलो पटक समाचार प्रकाशन गरेको थियो।

यूके सरकारले ‘ह्यूमन च्यालेन्ज स्टडीज’ मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।

त्यस्तो किसिमको परीक्षण गर्न १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर–उरक्युहार्ट तयार छन्। उनले भनेका छन्–‘मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।’

त्यसै कार्यक्रममा बोल्दै अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोगको वास्तविकता बुझ्ने क्षमता रहेको बताए। उनले भने– ‘हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ।’

पहिला यस्तो किसिमको परीक्षण अघि बढाउनका लागि प्रमाण नभएको स्पष्ट तथ्याङ्क रहेको होवीले वताए ।
 
परीक्षणमा सहभागी कसैमा समस्या देखियो भने उनीहरूलाई प्रारम्भिक चरणमै औषधि दिन सकिने र रोग नियन्त्रण गर्न सकिने उनको भनाई छ ।

यस्ता परीक्षणमा स्वयंसेवकहरूलाई नजिकबाट नियालिने र उनीहरूले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरक्षा प्रणालीको अनुगमन गरिने उनले वताए ।

एक सरकारी प्रवक्ताले त्यस्तो परीक्षणबारे छलफल भइरहेको जानकारी दिए।

कोरोनाभाइरसविरुद्ध खोप विकास गर्नका लागि विश्वभरि तीव्र गतिमा काम भइरहेको छ।

हालसम्म ३६ वटा खोपहरू क्लिनिकल परीक्षणको चरणमा छन्। त्यसमध्ये एक अक्सफर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरणनजिक पुगिसकेको छ।
(बीबीसी नेपालीको सहयोगमा)
 

विशेष