डा. केसीको समर्थनमा विरगञ्जका चिकित्सकहरुको प्रदर्शन
चिकित्सा क्षेत्र र शिक्षाको सुधारसहित विभिन्न माग राखेर अनसनरत डाक्टर गोविन्द केसीको समर्थमान शुक्रवार वीरगञ्जका चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको अगुवाईमा चिकित्सकहरु प्रदर्शनमा निस्किएका हुन् ।
‘‘डाक्टर केसीको जायज माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा गर’ नारा लेखिएको ब्यानरसहित प्रदर्शनमा निस्किएका उनीहरुले डाक्टर केसीका जायज माग पुरा गरे स्वास्थ्य र चिकिसा क्षेत्रमा सुधार आउने दावी गरे । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका अध्यक्ष अरुणकुमार सिंहले भने–‘डा. केसीका माग जायज छन्, सरकारले उनका माग पुरा गर्यो भने देशको स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्या केहि हदसम्म समाधान हुन्छन्।’
सम्बन्धित पक्षले उनको मागलाई गम्भिरता पुर्वक लिनु पर्ने उनको भनाई छ ।
चिकित्सकहरुले डाक्टर केसीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै बुधबारदेखि नै कालो पट्टी वाधेर काम गरिरहेका छन् ।