मिर्चैया नगरपालिकामा आइतबारदेखि विद्यालय सञ्चालन गरिने
कोरोना संक्रमणको जोखिम वढेपछि वन्द रहेका विद्यालय संचालन गर्ने/नगर्ने अन्यौल वढिरहेका वेला सिरहाको मिर्चैया नगरपालिकाले भने आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको वैठकले सामुदायिक तथा निजी विद्यालय आईतवार देखि सञ्चालन गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ ।
विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र आवश्यक्ता अनुसार सिफ्ट विभाजन गरेका कक्षा संचालन गर्ने निर्णय भएको भएको नगरपालिकाका सुचना अधिकारी सुरेशकुमार सिंहले बताए। कक्षा कोठामा एउडा डेस्क/वेन्चमा एक जना मात्रै विद्यालय वसाउने पाईने उनले वताए ।
कोरोनाबाट संक्रमित भएका घरका बालबालिकालाई भने विद्यालयमा नआउन जानकारी गराउने निर्णय भएको छ । रुघाखोकी, ज्वरो लागेका र कोरोना संक्रमणको लक्षण देखिएका विद्यार्थीलाई समेत विद्यालय नआउने आग्रह गरिने र चेकजाँचका लागि ब्यवस्था मिलाईने समितिले जनाएको छ ।
नगरमा ३१ संस्थागत विद्यालय, २५ सामुदायिक विद्यालय र १ मदर्शा सञ्चालनमा छन् । यस आर्थिक वर्षमा भर्ना प्रकृया नै रोकिएकाले विद्यार्थी संस्था एकिन गर्न नसकिए पनि अघिल्लो वर्ष १२ हजार विद्यार्थी नगरपालिका क्षेत्रमा रहेको नगरपालिकाले जनाएको छ।
समितिले लकडाउन अवधिदेखि भदौसम्मका शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय समेत गरेको छ ।
शिक्षा मन्त्री गिरिराज मणी पोखरेलले भने तत्कालका लागि विद्यालय सञ्चालन नगर्न आग्रह गरेका थिए ।