प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना पुष्टि
प्रधानमन्त्री केपी शार्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन समेत रहेकी शाहलाई शनिवार कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब दिएकी थिइन् । कोरोना संक्रमण पुष्टि भएपछि आफु होम आइसोलेसनमा बसेको उनले बताइन् ।
पछिल्लो समय आफुले प्रधानमन्त्रीलाई नभेटेको शाहले वताएकी छिन् ।
आफुले तीन दिन अघि डा. गोविन्द केसीलाई चाही भेटेको तर सामाजिक दुरी कायम गरेको शाहले जानकारी दिए । डा. केसीलाई भेट गर्ने क्रममा आफुले स्वाथ्यका सम्पुर्ण मापदण्ड पुरा गरेको उनको भनाई छ ।