News पर्यटन

कोरोना संक्रमण कम भएपछि संगठित भ्रमणको योजना वन्दै

कोरोना संक्रमण कम भएपछि संगठित भ्रमणको योजना वन्दै

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने वताएका छन् ।

मन्त्री भट्टराईले कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज पनि ल्याउने वताएका छन् । 

संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको मन्त्री भट्टराईले बताए । 

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने अवधारणा पनि अघि सारेको उनले बताए । यस विषयमा मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल पनि भइरहेको उनले बताए ।

विशेष