News

कोरोनाकाको खोप पत्ता लाग्नुअघि नै २० लाखको ज्यान जाने सक्ने

कोरोनाकाको खोप पत्ता लाग्नुअघि नै २० लाखको ज्यान जाने सक्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि नै विश्वमा २० लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।


कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिदै डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले यस्तो चेतावनी दिएका हुन्।

कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या तीन करोड २० लाखभन्दा धेरै छ ।

डा. माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको थियो ।

विशेष