रौतहटमा छिमेकीको आक्रमणमा परि एक महिलाको मृत्यु
रौतहटको देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा शुक्रबार बेलुकी एक दम्पतीमाथि आक्रमण हुँदा पत्नीको मृत्यु भएको छ।
राती करिव साढे १० बजे खाना खाएर गफ गरिरहेका ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियारले आक्रमण गरेका थिए । घटनामा पत्निको मृत्यु भएको र महेश घाईते भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि वीरगन्ज लगिएकी उनको सोहि क्रममा मृत्यु भएको इलाका प्रहरी देवाहीले जनाएको छ । महेशको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
दुवै परिवार विच पुरानो रिसिवि भएको स्थानीयले वताएका छन् । प्रहरीले आरोपित ३ जनालाई पक्राउ गरेको छ भने सोनियालाल र प्रदीप फरार रहेको प्रहरीको भनाई छ ।