चितवनमा वाघको आक्रमणमा परि ६५ वर्षिय वृद्धको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जको वाघको आक्रमणमा परि शनिवार चितवनमा एक जनाको मृत्यु भएको छ ।
बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महागरपालिका–१३ का ६५ वर्षीय जगदिश चौधरीको बाघको आक्रमणमा मृत्यु भएको हो ।
चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यसअघि भदौ २२ गते बाघको आक्रमणमा भरतपुर–१३ कै ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको थियो । उनी बाटुलीपोखरी वनमा घाँस काट्न गएका थिए ।