छारे रोगको लक्षण देखिएका कोरोना संक्रमित शैनिकको मृत्यु
कोरोना भाइरस संक्रमित एक सैनिक जवानको शुक्रवार मृत्यु भएको छ ।
वीरेन्द्र अस्पताल, छाउनीमा उनको मृत्यु भएको हो । उनी वझाङ निवासी भएको जनाईएको छ ।
छारे रोगको लक्षण देखिएपछि असोज ६ गते उनलाई आईसीयूमा भर्ना गरिएको थियो । पिसिआर परिक्षणमा असोज ८ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
उनको मृत्युसँगै नेपालमा सुरक्षाकर्मीतर्फ २ जनाको मृत्यु भएको छ।
यसअघि एक सैनिककै कोरोना लागेर मृत्यु भएको थियो ।
नेपाली सेनाले दिएको जानकारी अनुसार हालसम्म ५ सय ३९ सैनिकले कोरोना जितेका छन् । १६ सय ५८ जना सकृय संक्रमित छन् ।