News

रुपन्देहीमा वाढिको कहरः १७ घर वगे, दर्जनौ परिवार विस्थापित

रुपन्देहीमा वाढिको कहरः १७ घर वगे, दर्जनौ परिवार विस्थापित

वर्षासँगैको बाढीले रुपन्देहीमा  शुक्रबार राति १७ घर बगाएको छ।

वाढिले एक सय बढी घर डुबानमा परेका छन् भने २४ घरमा क्षती पुगेको छ ।

वाढि र पहिरोमा परेर ६ जना घाइते भएका छन् ।

यसैगरी, तिनाउ, दानव, रोहिणी नदी र सुखौरा खोलाले बुटवल, तिलोत्तमा, देवदह, ओमसतिया, सम्मरीमाई, लुम्बिनी सास्कृतिक नगरपालिकाका दर्जनौं घर डुबानमा परेका छन् ।

दानव नदीमा आएको बाढी बस्तीमा पसेर सम्मरीमाई गाउँपालिका देबन्डीका पर्बावती मल्लाहको घर भत्किँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ वडउलियस्थित बलिराम हरीजनको घर भत्किँदा उनकी पत्‍नी घाइते भएकी छन् ।

बाढीले बुटवल उपमहानगरपालिकामा ६ वटा घर बगाएको छ । तिनाउ नदीमा आएको बाढीले बुटवल–१७ रानीगन्जका ३ र चुरेबाट आएको वाढिले बुटवल–४ का ३ घर बगाएको प्रहरीले जनाएको छ ।

सुखौरा खोलामा आएको बाढीले तिलोत्तमा नगरपालिकामा ४ घर वगाएको छ । रोहिणी नदीमा आएको बाढीले देवदह १० का मा एक, ओमसतिया गाउँपालिका–५ पिपरहियामा ५ घर भत्केको छ।

दानव नदीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ घर बगाएको छ । बाढीले मर्चवारी गाउँपालिकाका १५ घर भत्काएको छ । तिनाउ नदीको बाढीले मायादेवी गाउँपालिका ६ मा ४ घर भत्काएको छ ।

बुटवल ११ बुद्धनगर र तल्लो मझवा जोड्ने सडक वाढिले बगाएको छ । 


 

विशेष