News

भान्सेलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

भान्सेलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

घरको भान्सामा काम गर्ने एक जनालाई कोरोना पुष्टि भएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । लगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका र मापदण्डअनुसार प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा वसेको विज्ञप्तिमा उल्लेख छ।
 

विशेष