News

रसुवागढी नाका खोल्न चिनले राख्यो सर्त

रसुवागढी नाका खोल्न चिनले राख्यो सर्त

चीनले रसुवासहितका नाका नियमित सञ्चालन गर्न स्वास्थ्य सुरक्षा सावधानीको सर्त राखेको छ ।

चिनले नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै रसुवामा पीसीआर ल्याब राख्न र अन्य स्वास्थ्य सुरक्षाका उपाय कार्यान्वयन गर्न आग्रह गरेको हो ।

नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न चिनिया पक्षले आग्रह गरेको कार्यालयले जनाएको छ ।

चीनतर्फ पहिरो गएका कारण हाल सामान आउन रोकिएको छ, तर नाका निर्बाध सञ्चालन गर्न सुरक्षाको प्रत्याभुति खोजेको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

चीनको सर्तपछि पीसीआर ल्याबका लागि भन्सार विभाग मार्फत पहल थालिएको उनले बताए । विभागले रसुवागढी नाका वा रसुवामा ल्याब राख्नका लागि स्वस्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

विशेष