पिसिआर रिपोर्ट सम्वन्धित ब्यक्तिलाई नै दिन निर्देशन
देशभरका सवै प्रयोगशालाले अब देखि पिसिआर परीक्षणको रिर्पोट सम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिएको बताए।
यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए ।
यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई संक्रमण भएको जानकारी दिने गर्दथ्यो ।
‘पहिला पोजेटिभ आएका संक्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौँ । अव होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था छ’ उनले भने– ‘धेरै सक्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन्।’
मन्त्रालयले पोजेटिभ रिर्पोट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो ।
नेपालमा हालसम्म नौ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म ७३ हजार ३९४ जना संक्रमित भएका छन् ।