News

वलात्कारपछि हत्या गर्ने अपराधिको लिङ्ग छेदन गर्ने कानुन वनाऔंः सांसद शान्ता चौधरी

वलात्कारपछि हत्या गर्ने अपराधिको लिङ्ग छेदन गर्ने कानुन वनाऔंः सांसद शान्ता चौधरी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रतिनिधिसभामा सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिका वालिका बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुनी व्यवस्था वनाउनु पर्ने वताएका छिन् ।

पछिल्लो समय बालिकाहरूमाथि भएका बलात्कारपछि हत्याका घटनाबारे संघीय संसद सचिवालय सिंहदरबारमा सोमबार आयोजित छलफलमा वोल्दै उनले यस्तो वताएकी हुन ।

भुसालसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बलात्कारका दोषीलाई मृत्युदण्ड दिने कानुन बनाउनका लागि पहल गर्नुपर्ने बताए। १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउन पहल थाल्नुपर्ने उनीहरुको भनाई छ ।


संविधानमा कसैलाई पनि मृत्युदण्डको सजाय गर्न नहुने व्यवस्थालाई परिमार्जन गरेर अगाडि बढ्नुपर्ने उनीहरुले बताए। अन्तर्राष्ट्रिय सन्धिहरू बाधक भए तिनलाई पनि आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने उनीहरुको तर्क छ ।

नेकपा सांसद शान्ता चौधरीले अपराधिक मानसिकता बोकेकाहरूलाई झट्का लाग्ने खालको कानुन वनाउनु पर्ने धारणा राखिन। ‘अपराधिक मानसिकता बोकेकाहरूलाई झट्का लाग्नेगरी मृत्युदण्डको हुन्छ कि, लिङ्ग छेदन गर्ने हुन्छ। जे सम्भव छ, त्यो वनाऔं’ उनले भनिन्– ‘मान्छे मार्छन् भने त्यस्तका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन ।’

यस्तो कानुन बनाउनका लागि सरकारलाई पनि महिला सांसदहरूले ज्ञापनपत्र बुझाउनुपर्ने सांसद चौधरीको भनाइ थियो ।

राष्ट्रियसभामा जनता समाजवादी पार्टीकी सांसद प्रमिलाकुमारीले निर्माला पन्त बलात्कार र हत्याकाण्डदेखि अहिलेसम्म सैयौं बलात्कारका घटना भएको तर न्याय नभएको बताइन् । उनले पनि भुसाल र चौधरीका भनाइमा समर्थन गर्दै पार्टीले त्यसमा समर्थन गर्ने बताइन् । 

सांसद बिन्दा पाण्डेले बलात्कारका घटनामा जनप्रतिनिधिले मिलापत्र गराउने गरेका घटना पनि सार्वजनिक भईरहेकाले त्यस्तको छानविन हुनु पर्ने माग गरिन् ।
 

विशेष