सरकार भन्छ– जोखिम कम भएर लकडाउन हटाईएको होईन, उच्च सतर्कता अपनाऔं
सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारण धेरै क्षेत्र खुला गरेको वताएका छन् ।
मन्त्रिपरिषदका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा वोल्दै मन्त्री ज्ञावलीले यस्तो वेलामा सवैले उच्चस्तरको सतर्कता अपनाउनु पर्ने र संक्रमण नियन्त्रणका लागि सरकारलाई सहयोग गर्नु पर्ने वताए ।
नागरिकले सरकारी निर्देशन र विज्ञको सुझाव मानेका कारण नेपालमा कोरोनाको अवस्था भयावह हुन नपाएको जिकिर गरेका उनले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नरहेको वताए ।
खुला सीमाना भएको मुलुकमा जति भयावह हुन सक्थ्यो त्यो अवस्था आउन नपाएको उनले वताए । ज्ञवालीले भने, ‘तर जोखिम उच्च, अझै पनि कम भएको छैन । चाडबाडको समय आउँदैछ । स्वास्थ्य सतर्कतामा कतै पनि कमजोरी नगरौं।’
नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न गाह्रो छ भन्दै उनले थपे– ‘कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा जान्छ ।’