News

पर्षाका कोरोना संक्रमित सिनियर अहेबको काठमाण्डौंमा मृत्यु

पर्षाका कोरोना संक्रमित सिनियर अहेबको काठमाण्डौंमा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट महोत्तरी घर भई पर्षामा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

पर्सामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको मंगलबार बिहान उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको हो ।

महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका उनी पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत थिए ।

भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएको थियो । त्यसपछि बिदा लिएर उनी घर गएका थिए । उनले स्वास्थ्य सहज नभएपछि जनकपुर स्थित चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराएका थिए । त्यसपछि असोज १ गते काठमाडौं लगिएको थियो ।

टिचिङ अस्पतालमा जाँदा आईसीयू बेड खाली नभएपछि उनलाई करुणा अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गते गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो भने असोज ७ गतदेखि नै भेन्टिलेटरमा राखिएको पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । 

विशेष