News

सर्वोच्चको अन्तरिम आदेशः ओम्नीलाई कालोसूचीमा नराख्नु

सर्वोच्चको अन्तरिम आदेशः ओम्नीलाई कालोसूचीमा नराख्नु

स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएका ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।


न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सार्वजनिक खरिद अनुगमन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।


लकडाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको र समयमा सामान नदिएको भन्दै स्वास्थ्य सेवा विभागले खरिद सम्झौता रद्द गरेको थियो भने सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राख्ने निर्णय गरेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णय विरुद्ध ओम्नी सर्वोच्च अदालत गएको थियो ।

विशेष