पूर्वमन्त्री बिष्टले भित्र्याए ताईवानी रेडलेडी !
राजनिति छोडेर कृषि पेशामा लागेका पुर्वमन्त्री लोकेन्द्र विष्ट मगरले दाङ्गमा ताइवानी रेडलेडी जातको मेवा भित्र्याएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका निवासी मगरले सामाजिक सञ्जाल मार्फत मेवा खेतीको वारेमा सामान्य जानकारी गराएका छन् । ताइवानी रेडलेडी मेवा अरु मेवा भन्दा स्वादीलो भन्दै उनले आफनो फेसवुकमा फोटो समेत पोष्ट गरेका छन् ।
पुर्व पर्यटन मन्त्री मगर राजनीतिक जीवनबाट सन्यास लिएर कृषि कर्ममा तल्लिन छन्। केही वर्षअघि दाङ र अन्य बाहिरी जिल्लाहरुमा कालो धानको खेती गरेर उनी चर्चामा आएका थिए ।
उनले दाङमै सिउँडी प्रजातिको ड्रागन फ्रुटको खेति पनि गरेका छन् ।
तत्कालिन माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका उनले २०७४ असोजमा पार्टी परित्याग गरेका थिए ।