विदेश

 सिन्जियाङको कटनमा प्रतिबन्ध नलगाउन अमेरिकालाई चीनको आग्रह 

 सिन्जियाङको कटनमा प्रतिबन्ध नलगाउन अमेरिकालाई चीनको आग्रह 

बेइजिङ । चीनले सिन्जियाङ क्षेत्रका उइगर समुदायलाई यातना हिरासतमा राखेर श्रम शोषण गरेको भन्दै संयुक्त राज्य अमेरिकाले सिन्जियाङमा उत्पादित वस्तुमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध नलगाउन चीनले अमेरिकालाई आग्रह गरिरहेको छ । चिनियाँ विदेश मन्त्रालयले मंगलबार उत्तर पश्चिमी चीनको उइगुर स्वायत्त क्षेत्र सिन्जियाङमा उत्पादन हुने कपास र कपडामा प्रतिबन्ध नलगाउन आग्रह गरेको हो । 

अमेरिकाले जबरजस्ती श्रमिकलाई काममा लगाएको र यातना दिएको भन्दै प्रतिबन्ध लगाएको हो । चीनले भने चीन-अमेरिकाबीचको सम्बन्धमा नै समस्या उत्पन्‍न हुने गरी सिन्जियाङको मामिलालाई नबढाउन आह्वान गरेको छ । यसअघि अमेरिकाको युएस कस्टम एन्ड ब्रोडर प्रोटेक्सनले सिन्जियाङको श्रम शोषण रोक्‍न आग्रह गर्दै सिन्जियाङको कम्पनीमा उत्पादित कपास र कपडा जफत गर्न पाँच प्रतिबन्धात्मक आदेश जारी गर्दै यसलाई थप बढाउँदै लैजाने चेतावनी दिएको थियो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वेङ वनबिनले अमेरिकाले ग्लोबल ट्रेड नियमहरुलाई उल्लंघन गरेको र ग्लोबल इण्डस्ट्रि चेनलाई अवरोध पुर्‍याएको आरोप लगाएका छन् । उनले भने, "यो बुलिङको नग्‍नता हो । चीनले अमेरिकाको यस कदमको कडाइका साथ विरोध गर्दछ । कथित "जबरजस्ती श्रम" गरेको आरोपमा अमेरिका र पश्चिमी संघसंस्था र व्यक्तिहरुद्वारा फैलाइएको पूर्ण भ्रम हो र यसमा कुनै सत्यता छैन ।"
 

विशेष