News विदेश

 सिन्जियाङको चरम मानवअधिकार उल्लंघन गर्न अमेरिकाले दबाब सिर्जना गर्ने 

 सिन्जियाङको चरम मानवअधिकार उल्लंघन गर्न अमेरिकाले दबाब सिर्जना गर्ने 

संयुक्त राज्य अमेरिकाले चीनको सिन्जियाङमा भइरहेको मानवअधिकारको चरम उल्लंघनलाई रोक्‍न चीनलाई दबाब दिने रणनीति बनाएको छ । जसको पहलस्वरुप अमेरिकाले सिन्जियाङ कम्पनीमा उत्पादित सामग्रीमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कस्टम तथा सीमा संरक्षण एजेन्सीलाई आदेश जारी गर्दै एकै दिनमा पाँचवटा चिनियाँ कम्पनी र एउटा निर्माण प्लान्टबाट आयातमा प्रतिबन्ध लगाएको घोषणा गरिएको थियो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी पक्षले चिनी कम्पनीविरूद्ध प्रतिबन्धित कदम चालेर अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । उनले अमेरिकाले विश्वव्यापी औद्योगिक चेन, आपूर्ति श्रृंखला र मूल्य श्रृंखलालाई नष्ट गर्ने तथा चीनको अर्थतन्त्रलाई कमजोर बनाउने बहानाको रूपमा तथाकथित श्रम शोषणको हतियार प्रयोग गरकोसमेत बताएका छन् ।

चीनले दृढताका साथ यसको विरोध गर्ने  र अमेरिका र केही पश्‍चिमी मुलुकहरुले फैलाएको तथाकथित भ्रम नफैलाउन आग्रह गरेका छन । चीनले १० औं लाख अल्पसंख्यक उइगर समुदायकलाई सिन्जियाङका हिरासतहरुमा राख्‍ने, यातना दिने र श्रम शोषण गर्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय समुदायले चीनको यस कदमको चर्को विरोध र आलोचना गरिरहेको छ । 

चीनले भने सिन्जियाङमा पृथकतावादविरुद्धको अभियानअन्तर्गत सिन्जियामा पुन:शिक्षा केन्द्र स्थापना गरिएको र त्यहाँ प्रशिक्षण दिने गरेको र सिन्जियाङमा जातीय अल्पसंख्यक श्रमिकहरूको सबै अधिकार र चासो कानुनद्वारा सुरक्षित गरिएको बताएका छन् । चीनले उइगरहरुको व्यक्तिगत स्वतन्त्रता कहिले प्रतिबन्धित नगरिएकोसमेत स्पष्ट पारेको छ । 

संयुक्त राज्य अमेरिकाले चीनको सिन्जियाङमा भइरहेको मानवअधिकारको चरम उल्लंघनलाई रोक्‍न चीनलाई दबाब दिने रणनीति बनाएको छ । जसको पहलस्वरुप अमेरिकाले सिन्जियाङ कम्पनीमा उत्पादित सामग्रीमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कस्टम तथा सीमा संरक्षण एजेन्सीलाई आदेश जारी गर्दै एकै दिनमा पाँचवटा चिनियाँ कम्पनी र एउटा निर्माण प्लान्टबाट आयातमा प्रतिबन्ध लगाएको घोषणा गरिएको थियो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी पक्षले चिनी कम्पनीविरूद्ध प्रतिबन्धित कदम चालेर अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन गरेको आरोप लगाएका छन् ।उनले अमेरिकाले विश्वव्यापी औद्योगिक चेन, आपूर्ति श्रृंखला र मूल्य श्रृंखलालाई नष्ट गर्ने तथा चीनको अर्थतन्त्रलाई कमजोर बनाउने बहानाको रूपमा तथाकथित श्रम शोषणको हतियार प्रयोग गरकोसमेत बताएका छन् । चीनले दृढताका साथ यसको विरोध गर्ने  र अमेरिका र केही पश्‍चिमी मुलुकहरुले फैलाएको तथाकथित भ्रम नफैलाउन आग्रह गरेका छन । 

चीनले १० औं लाख अल्पसंख्यक उइगर समुदायकलाई सिन्जियाङका हिरासतहरुमा राख्‍ने, यातना दिने र श्रम शोषण गर्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय समुदायले चीनको यस कदमको चर्को विरोध र आलोचना गरिरहेको छ । 

विशेष