News

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना सङ्क्रमितको मृत्यु

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना सङ्क्रमितको मृत्यु

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

मोरङको सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

उनलाई  असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र  श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको  प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।

विशेष