News अपराध सुरक्षा

होटल सञ्चालको कुटपिटवाट सुनचाँदी ब्यवसायीको मृत्यु

होटल सञ्चालको कुटपिटवाट सुनचाँदी ब्यवसायीको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित युनिक होटलका सञ्चालकको कुटपिटवाट एक जना ग्राहको मृत्यु भएको छ ।
सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिटवाट भारतको दार्जेलिङ घर भई उर्लाबारीमा सुनचाँदीको कारोवार गर्दै आएका ३५ वर्षिय सुशील मल्लिकको मृत्यु भएको हो ।

तामाङ्गले आईतवार राती उनलाई कुटपिट गरेका थिए । भारतको सिलगुढीमा उपचारका क्रममा सोमवार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्याल मोरङ्गका एसपी सन्तोष खड्काले वताए ।

मल्लिक आईतवार श्रीमतीसहित होटलमा आएका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएपछि होटल सञ्चालक तामाङ छुट्याउन पुगेको र सोहि क्रममा धकेला धकेल/कुटपिट हुदा मल्लिक वेहोस भएर लडेका थिए ।

टाउकोमा चोेट लागेका उनलाई राति नै उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीवाट झापाको बी एण्ड सी अस्पताल हुँदै भारतको सिलिगुडी लगिएका उनको उपचारकै क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । 

विशेष