News

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेको नेपालगन्ज–१ की ३५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो सवा २ बजे उनको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज २ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो।

असोज ३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।


फोक्सोमा निमोनिया देखिएको र मधुमेह, उच्च रक्तचापलगायतका समस्यावाट उनी ग्रसित रहेको देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

विशेष