News

नेपाल–चिन सिमाका विषयमा नापी विभागमा सूचना माग

नेपाल–चिन सिमाका विषयमा नापी विभागमा सूचना माग

नेपाल–चिन सिमा विवाद चर्किदै गएपछि त्यस सम्वन्धि जानकारी पाउँन नापी विभागमा सूचना माग गरिएको छ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना माग गरेका हुन्। उनले उक्त सूचना अध्ययन प्रयोजनाका लागि माग गरेका हुन्।

यादवले नापी विभागमा दर्ता गराएको निवेदनमा नेपाल–चीन स्थित २ देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट कति हो?, नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भहरूको जीपीएस कोर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन भएको हो? र नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो भन्ने जानकारीको साथै प्रतिवेदन माग गरिएको छ।

त्यस्तै निवेदनमा सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी माग गरिएको छ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको विषयमा खोज विन हुन थालेपछि सिमा विवादको विषय चर्चामा आएको हो । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा ब्यापारीक भवन वनाएको नेपाली पक्षको आरोप छ ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाको ११ नम्वर पिल्लर हराएको वताएका थिए । स्थानीय प्रशासनले पिल्लर भेटिएको दावी गरेको छ ।
 

विशेष