सप्तरीका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु
सप्तरीका एक जना कोरोना संक्रमितको वुधवार धरानमा मृत्यु भएको छ ।
अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ घर भई राजविराज नगरपालिका ४ मा वस्दै आएका ३९ वर्षिय पुरुषको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी गत असोज १ गते अस्पताल पुगेको थिए । सोहि दिन उनको स्वाव परिक्षण गर्दा कारोना रिपोर्ट पोजेटिभ आएको थियो ।
कोभिड अस्पतालमा सारेर उपचार सुरु गरिएका पुरुषको वुधवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ महिलासहित १५ पुगेको छ।