News

कोरोना संक्रमणवाट विराटनगरमा ३ जनाको मृत्यु

कोरोना संक्रमणवाट विराटनगरमा ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट वुधवार विराटनगरमा थप ३ जनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष, जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

इटहरीबाट वुधवार उपचारका लागि लगिएका पुरुषको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । 

उपचार सुरु भएको २ घण्टाभित्र उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कोभिड अस्पताल पुर्याईएको थियो ।

यस्तै, यस्तै बुधबार बिहान ४ बजे मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

यसैगरी सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचाररत मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

विशेष