चीनसँग भारतको सीमा विवाद बढेसँगै अत्याधुनि लडाकू विमान सीमा क्षेत्रमा तैनाथ
बेइजिङ । चीन र भारतबीचको सीमा विवाद बढ्दै जाँदा दुबै मुलुकले आफ्ना अत्याधुनिक लडाकू विमानहरु विवादित सीमा क्षेत्र नजिकै एयरबेसमा तैनाथ गरेका छन् ।
फोर्ब्सको एक रिपोर्ट अनुसार वाणिज्यिक स्याटेलाइट तस्बिरलाई उदृत गर्दै दुई चिनियाँ जे २० लडाकूहरू विमानहरु पश्चिमी सिन्जियाङस्थित होटान एयरबेसमा देखिएका थिए । यो एयरबेस विवादित सीमा क्षेत्र अक्साइ चीनबाट सबभन्दा नजिक अर्थात ३२० किलोमिटरको दूरीमा छ ।
जुनदेखि चिनियाँ र भारतीय सेनाको दशकौंदेखि अक्साई चिन र लद्दाखको बीचमा रहेको गाल्वान उपत्यकामा विभिन्न पटक तानातानी भएको छ भने जुन १५ मा हिंसात्मक झडप नै भएको थियो ।
यसैबीच भारतले लद्दाखमा पाँच नयाँ डसोल्ट राफेल लड़ाकू विमानहरू पठाएको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसले राफेल लडाकू विमानहरूले हिमाञ्चल प्रदेशको पहाडी भूभागमा उडान अभ्यास गरिरहेको बताएको छ । भारतीय वायुसेनाले २०१६ मा फ्रान्तससँग गरेको सम्झौता अनुसार सन् २०२० मा उक्त शक्तिशाली लडाकू विमानहरु ल्याएको हो ।
दुबै छिमेकी मुलुकहरु विश्वमा आफूलाई अग्रपंक्तिमा राख्न चाहन्छन् । सैन्य विज्ञहरुमा अनुसार जीनसँग भएको जे-२० लडाकू विमान भएका कारण हवाई सैन्य मामिलामा चीन माथि थियो । यसको गति निकै तीव्र हुन्छ भने यसको राडरमा पछ्याउन पनि सकिँदैन ।
जुलाई २९ मा भारतसँग पनि एकल र दुई सिट क्षमताको राफल लडाकू विमान आएसँगै चीनको एकाधिपत्य तोडिएको छ । यसमा सक्रिय इलेक्ट्रोनिक स्क्यानर रहेको छ जे-२ लाई विभिन्न मौसममा ट्र्याक गरेर टार्गेट गर्न सकिन्छ ।