News समाज

विद्युत प्राधिकरणमा घिसिङ्ग निरन्तताको प्रयास, यस्तो छ भित्री पाटो

विद्युत प्राधिकरणमा घिसिङ्ग निरन्तताको प्रयास, यस्तो छ भित्री पाटो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल २९ भदौमा समाप्त हुने भएपछि अर्को कार्यकालका लागि प्रतिस्पर्धीहरु विच दौडधुप सुरु भएको छ । घिसिङ्ग आफै पनि थप एक कार्यकाल प्राधिकरणको नेतृत्व गर्ने मुडमा छन्।

लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेको भन्दै घिसिङ्गलाई नै पुनः कार्यकारी निर्देशक वनाउन एक पक्ष दिलोज्यानले लागेको छ। अर्कोतर्फ सामाजिक संजालमा घिसिङ्गको पक्षमा धारणाहरु सार्वजनिक भईरहेका छन्। ‘इनफ इज इनफ, ज्ञानेन्द्र साही’ जस्ता ग्रुपहरु मार्फत घिसिङ्गको पक्षमा माहौल वनाउने काम भईरहेका छन्।

यसैगरी, सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड_ आफै पनि घिसिङ्गलाई दोहोर्याउनु पर्छ भन्नेमा छन्। तत्कालिन नेकपा माओवादीद्वारा नै पहिलो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्ती पाएका घिसिङ्गलाई दाहालको वलियो साथ छ।

तर, प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी ओली भने घिसिङ्गको विपक्षमा उभिएका छन् । घिसिङ्गले लोडसेडिङ्ग अन्य गर्ने योजनामा ब्यक्तिगत जस लिएको र सरकारको योजनालाई ओझेलमा पारेको तथा सामाजिक संजालमा आफनो पक्षमा अभियान चलाएको भन्दै ओलीले ब्यक्त गरेका असन्तुष्टि चर्चामा आईरहेका छन्।

सरकारको नेतृत्व गरिरहेको पार्टीका दुई अध्यक्षकै मत विभाजित भएपछि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तीको विषय भने हालसम्म पनि टुङ्गो लाग्न सकेको छैन ।

घिसिङ्ग निरन्तताको लागि भएका प्रयासको भित्री पाटो
नेपाल विद्युत प्राधिकरणमा घिसिङ्गलाई दोहोर्याउने वा उनीपछिका लाई अवसर दिने भन्ने विषयमा विभिन्न दृष्टिकोणहरु सार्वजनिक भईरहेका छन्। घिसिङ्गलाई दोहोर्याउन नहुने पक्षको धारणा प्रधानमन्त्रीको असन्तुष्टिवाट ब्यक्त भएको छ भने अर्को पक्षले भने घिसिङ्ग हट्ने वित्तिकै लोडसेडिङ्ग सुरु हुने र प्राधिकरण घाटामा जाने चिन्तासहित आफना धारणाहरु ब्यक्त गरिरहेका छन्।

तर, घिसिङ्गको निरन्तरताको प्रयासमा देखिएको भित्री पाटो भने अर्कै छ। प्राधिकरणमा वर्षको करिव १० करोड बराबर रकम मीडिया र चन्दाका नाममा मात्रै आफुखुसी खर्च गर्न पाईन्छ। सामाजिक संजालमा देखिएको उर्लदो घिसिङ्ग सपोर्टमा पनि यसले काम गरेको श्रोतको दावी छ। ‘अर्कोतर्फ प्राधिकरण मार्फत वर्सेनी अर्ब/खर्बका ठेक्का लाग्छन, जसमा अरवौंको कमिसनको खेल हुन्छ’ घिसिङ्गलाई दोहोर्याउन नहुने पक्षका नेकपाका एक नेता भन्छन–‘कमिसनको यस खेलमा निर्णायक भुमिका कार्यकारी निर्देशककै हुन्छ। त्यसैले घिसिङ्ग सरक्कै यो पद छोड्ने पक्षमा छैनन्।’

नेकपाका अध्यक्ष प्रचण्ड पनि यहि अरवौंको ठेक्का र कमीसनका कारण आफनो सपोर्टमा घिसिङ्गलाई दोहोर्याउने पक्षमा रहेको श्रोतको दावी छ ।

यसैगरी, १२ सय मेगावाट क्षेमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनलाई वुझाउन, माथिल्लो अरुण जलविद्युत आयोजना बिश्व बैंकलाई बेच्न, चीनतिरको प्रसारण लाइन बनाउन तथा बाँकी रहेका आयोजनाका लाईसन्स खोसेर चीनलाई वुझाउन घिसिङ्गलाई नै कार्यकारी निर्देशकमा दोहोर्याउने खेल भईरहेको श्रोत वताउँछ।

घिसिङ्गलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न आन्तरिक तथा वाहिरी शक्तिको समेत चलखेल भईरहेकाले प्राधिकरणको कार्यकारी निर्देशकको टुङ्गो लाग्न सकस भएको चर्चा सुरु भएको छ ।

विशेष