News

निषेधाज्ञामा पनि सप्तरीमा चोरी, चार जना पक्राउ 

निषेधाज्ञामा पनि सप्तरीमा चोरी, चार जना पक्राउ 

सप्तरी– लामो समयको लकडाउन र निषेधाज्ञा कारण सप्तरीमा चोरीका घट्ना वढ्न थालेका छन्। सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रमा समेत चोरीका घट्ना वढ्न थालेको स्थानीयहरु वताउँछन्।

राजविराज स्थित गुदरी लाईनमा सोमवार एउटै पसलमा करिव ४ लाख नगदसहित साढे ५ लाख मुल्य वरावरको चोरी भएको छ । तर घट्नाको चौविस घण्टा वित्न नपाउँदै प्रहरीले चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ भने नगद र चोरीका सामान वरामद गरेको छ।

चोरीमा संलग्न राजबिराज नगरपालिका– ६ का सनिया मण्डल (सैनी) तथा सहयोगीहरु राजविराज ४ की ज्योती कुमारी  मण्डल सहनी, मो. समिम अन्सारी र रुपनी गाउँपालिका –४ का लाल मोहमद राईनलाई प्रक्राउ गरिएको एसपी राजेन्द्रप्रसाद धमलाले वताए । जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ।

चोरी भएको गणेश स्टोरमा रहेको सिसि क्यामराको फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको धमलाले जानकारी दिए । उनीहरुको साथवाट चोरी भएको साढे ४ लाख रुपैयाँ नगद र १ लाख ५० हजार मुल्य वरावरको रिचार्ज कार्ड वरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान र कारवाही प्रकृया सुरु भएको एसपी धमलाले वताए ।
 

विशेष