News स्वास्थ्य

सप्तरीमा एकै दिन फेला परे ३२ जना कोरोना संक्रमित

सप्तरीमा एकै दिन फेला परे ३२ जना कोरोना संक्रमित

सप्तरी– देशभर कोरोना संक्रमितको संख्या वढिरहेका वेला सप्तरीमा पनि संक्रमिततको संख्या थपिदै गएको छ । वुधवार जिल्लामा २ प्रहरीसहित ३२ जना कोरोना संक्रमित फेला परेका छन् ।

योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ९ सय ७३ पुगेको छ ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार इलाका प्रहरी कार्यालय सखडामा कार्यरत महोत्तरी निवासी २३ वर्षिय र पर्षा जिल्ला निवासी २० वर्षिय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

यसैगरी छिन्नमस्ता गाउँपालिका ३ का ३२ वर्षिय पुरुष र २७ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, राजविराज १ मा एक महिलासहित ३ जना, राजविराज २ मा ३ जना, राजविराज ४ मा १ जना, राजविराज ६ मा २ महिलासहित ४ जना, राजविराज ७ मा ६ महिलासहित १२ जना, राजविराज ८ मा १ जना, राजविराज ९ मा २ जना, राजविराज १० मा १ जना, राजविराज स्थित अनार भुवनेश्वर अस्पतालका १ जना, विष्णुपुर गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए ।

सप्तरीमा हालसम्म ८ जना संक्रमितको मृत्यु भएको छ भने ६ सय ७९ जना निको भएका छन्।
 

विशेष