News राजनीति

प्रधानमन्त्रीका सल्लाहकार रिमालको रविन्द्र मिश्रलाई चेतावनी– सीमामा बस्नोस्

प्रधानमन्त्रीका सल्लाहकार रिमालको रविन्द्र मिश्रलाई चेतावनी– सीमामा बस्नोस्

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई ‘सीमामा बस्न’ चेतावनी दिएपछि सामाजिक संजालमा टिकाटिप्पणी सुरु भएको छ ।

हुन त रिमालले उनलाई चेतावनी दिएको मात्र होईन थोरै भएपनि उनीहर विच जुहारी नै चलेको छ । तर, रिमाले प्रयायोग गरेको शब्द र उनको ओहोदाका कारण उनीप्रति सर्वसाधारणको हेराई फरक देखिएको छ ।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्थावारे सामाजिक सञ्जालमा टिप्पणी गरेका मिश्रलाई रिमालले ‘सीमामा बस्न’ भनेर चेतावनी दिएका हुन्।

मिश्रले आफनो ट्वीटरमा लेखेका छन्–‘कस्तो समय आयो! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री÷राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति भो!’

त्यसमा प्रतिक्रिया जनाउँदै रिमालले लेखेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यति चाहिँ भनूँ, मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।’

रिमालले चेतावनीपुर्ण प्रतिक्रियापछि मिश्रले पनि लेखेका छन्–‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहो¥याउँदा ‘सीमामा बस्नुस’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।’
दुई जनाको यो क्रिया÷प्रतिक्रिया यतिवेला अनलाईन मिडिया र सामाजिक सञ्चालमा चर्चाको विषय भएको छ ।

विशेष