News

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

राष्ट्रियसभाको हिउँदे अधिवेशन आईतवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

पुस १७ देखि सुरु भएको राष्ट्रिय सभामा तीन वटा बैठक बसेका छन् । आईतावर चौथो वैठक वसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

आज दिउँसो १ वजे वस्ने वैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले वताए । उनले थारु आयोगको प्रतिवेदन पनि पेश गर्नेछन् । 

प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।
 

विशेष