विशाल सभाको फोटो छापिँदैन, सरकारविरोधी केही जमात देखियो भने हाइलाईट गरेर छापिन्छः प्रम ओली
प्रधानमन्त्री केपी ओलीले विरोधी नेताहरुलाई रेसलिङमा भाग लिन चुनौती दिएका छन् । निर्वाचनलाई रेसलिङको खेलको उदारहण दिँदै मैनानमा आउन चुनौती दिएका हुन् ।
आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले ‘रेसलिङ खेल्दा खेरी कहिलेकाहीँ खेलाडीहरूले खुब आफ्नो फुर्ति देखाउँछन् । फूर्तिदेखाएर खेल्नु कहाँ छ कहाँ पहिल्यै बेल्ड देखाएर यस्तो गर्छन् । र आफूले लगाइ टोपल्छन् । अनि रेफ्रीले बेल्ड खोस्छ र जितेपछि लगाउला भनेर राख्छ । खेरै नखेलिकन थुप्रै रेसलरहरू देखिए । अब मैदान घोषणा गरिएको छ, सबै तयार भएको छ रिङमा आउँनुस्’ भने।
कतिपयले केपी आलीको लोकप्रियता सुन्यमा पुगेको भन्दै वोलेको सुनेको वताएका उनले आफ्नो लोकप्रियता मौदानमा गएपछि मात्र थाहा हुने वताए ।
ताजा जनादेश लिने भनेपछि आफू विरोधी नेताहरू डराएकोसमेत उनले प्रष्ट पारे ।
ओलीले प्रतिनिधिसभा विघटनको निर्णयको आलोचना गर्नेहरुलाई ’बुद्धिजीवीहरुको झुण्ड’ भन्दै आलोचना गरे । उनले सञ्चार माध्यमको पनि आलोचना गरे। ‘बुद्धिजीवीका झुण्डहरुलाई प्रयोग गरेर देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भएको छ’, उनले भने, ‘सञ्चार माध्यममा विशाल सभाको फोटो छापिँदैन, तर सरकारविरोधी केही जमात देखियो भने हाइलाईट गरेर छापिन्छ, यो अस्थिरता गर्ने प्रयास हो ।’
प्रतिनिधि सभाको विघटन गरेर यस्ता खोले प्रयासलाई रोकिएको ओलीले दावी गरे।