कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्, यहि हो स्थिरता र स्थायित्वः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग नक्सामा मात्रै नभई व्यवहारमै फिर्ता ल्याउनले वताएका छन् ।
आइतबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुगौली सन्धिअनुसार नै नेपालले दाबी गर्न मिल्ने भूमि कुनै हालतमा नछोड्ने दृढता व्यक्त गरेका हुन् । ‘लिम्पियधुरासम्मको भूमि सुगौली सन्धिबाट हामीले प्राप्त गरेका हौँ । महाकाली पूर्वको भूभाग हाम्रै हो’, प्रधानमन्त्री ओलीले भने, ‘१ सय ४६ वर्षसम्म हामीले भोगचलन गरेको भूमिमा चीन र भारतको लडाइँपछि कालापानीमा ५८ वर्षयता भारतीय फौज आएर बसेको हो ।’
यसअघिका कोही शासकले उक्त भूमिबारे बोल्न नसकेको भन्दै आफूले नक्सा र संविधानमा लिम्पियाधुरासम्मको भूभाग सामेल गरेको उनको भनाइ थियो । आफ्नै भूमि दाबी गर्दा कतिपयले छिमेकीसँग सम्बन्ध बिगार्यो भन्दै आलोचना गरेको उनको गुनासो थियो । ‘कतिलाई त्यसले छटपटी भयो । बढी बोलेर छिमेकीसँग सम्बन्ध बिगा¥यो भने, मुख टालेर बस्नु त ?’, उनले प्रश्न गरे ।
विधि र पद्धती जनताले वुझदैनन्
प्रधानमन्त्री ओलीले विधि, पद्धतिको कुरा जनताले नवुझने भन्दै त्यस्ता कुरा नगर्न आग्रह गरे ।संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै आलोचना भइरहेका बेला उनले विधि र पद्धतिका कुरा जनताले नबुझ्ने तर्क गरे।
सरकारले गरेका काम नदेख्नेहरूले विधि, पद्धतिका कुरा गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। उनले भने–‘यो सरकारका पालामा एकै दिनमा ३०९ अस्पताल शिलान्यास भयो। एक वर्षमा पनि कसैले गरेको थियो?’
ओलीले अहिले मुलुकमा स्थिरता छाएको दाबी गरे । ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्’ उनले भने। आफूलाई जनताले प्रधानमन्त्री बनाएको भन्दै उनले पदबाट राजीनामा दिएर जोसुकैलाई हस्तान्तरण गर्न नहुने जिकिर पनि गरे ।
मुलुकमा ६÷६ महिनामा प्रधानमन्त्री परिवर्तन गरेर अस्थिरता ल्याउन खोजिएको अवस्थालाई ताजा जनादेशको घोषणा गरेर रोकिदिएको ओलीको भनाइ थियो ।
आफूसँग ६४ प्रतिशत बहुमत रहेको ओलीले दोहो¥याएका छन् । उनले आफू संविधानको धारा ७६ को १ अनुसार प्रधानमन्त्री निर्वाचित भएको पनि दाबी गरेका छन् । संसद विघटन गर्नुको कारण सभामुख र पार्टीका अन्य नेताहरू रहेको पनि प्रधानमन्त्री ओलीकी दाबी थियो ।