News

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । १७ पुसमा सुरु भएको हिउँदे अधिवेशन सुचना जारी गरेर अन्त्य गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । 


 

विशेष