News राजनीति

न्यायालयमा विचाराधीन विषयलाई पक्ष/विपक्ष बनाइ प्रभावित गर्न हुँदैनः कमल थापा

न्यायालयमा विचाराधीन विषयलाई पक्ष/विपक्ष बनाइ प्रभावित गर्न हुँदैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले न्यायालयमा विचाराधीन रहेको विषयलाई पक्ष वा विपक्ष बनाइ प्रभावित गर्ने र दबाब दिने ढंगबाट प्रस्तुत हुन नहुने बताएका छन् ।

पृथ्वी जयन्तीको अवसरमा गोरखा संग्रहालय परिसरमा आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले संविधानको व्याख्या गर्ने, संविधानमा रहेको विवाद र अस्पष्टतालाई निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिइएकोले सडकवाट प्रभावित गर्न नहुने वताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि संवैधानिक जटिलता सिर्जना भएको थापाको भनाइ छ । उनले भ्रष्टाचार, सर्वसत्तावाद लगायतको मुक्तिका लागि ताजा जनादेशमा जाने आफ्नो पार्टीको राजनितिक दृष्टिकोण रहेको बताए । ओली सरकारको असफलताबाट छुटकारा पाउनका लागि पनि ताजा जनादेशमा जानुपर्ने उनको धारणा छ।
 

विशेष