News राजनीति

प्रचण्ड–माधव किन पुगे निर्वाचन आयोग ?

prachanda madhav

प्रचण्ड–माधव किन पुगे निर्वाचन आयोग ?

नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्षहरु पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोगमा पुपगेका छन् । 

प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधिन रहेकै बेला आयोगले निर्वाचनको गतिविधि तीव्र पारेपछि त्यसलाई रोक्न सुझाव दिनका लागि उनीहरु आयोगमा पुगेका हुन् ।


आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग पुगेको श्रोतले जनाएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेपछि आपत्ति जनाउन उनीहरु आयोग पुगेको एक नेताले वताए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आयोगले जिल्लामा–जिल्लामा सर्वदलीय बैठक बोलाउन थालेकाले त्यसलाई रोक्न आग्रह गर्न अध्यक्षहरु आयोगमा पुगेको जानकारी दिए ।

आइतबार यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार जवाफ दिन पत्र पठाएको छ । 
 

विशेष