News राजनीति

देश विकास रोक्न नेकपा विभाजन : गृहमन्त्री थापा

देश विकास रोक्न नेकपा विभाजन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पु¥याएर देश विकास गरिरहँदा त्यसलाई रोक्न नेकपा विभाजन गरिएको वताएका छन् ।

अखिल नेपाल खेलकुद महासंघको प्रशिक्षणमा बोल्दै बादलले सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको बताए। ‘नेकपालाई फुटाएर देशको विकास सम्भव छ?’ भन्दै उनले नेकपाको नेतृत्व र प्रधानमन्त्रीलाई हटाएर विकास हुन्थ्यो की हुँदैनथ्यो त्यो विषयमा स्पष्ट हुनु पर्ने वताए ।

‘एकथरीले प्रधानमन्त्रीलाई हटाउने कदम स्थायित्वको पक्षमा थियो कि अस्थिरताको?’ भन्दै सवाल गरेका उनले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए। 

पार्टी अध्यक्षलाई कारवाही गर्दा प्रतिगामीले फाइदा लिने उनको भनाई थियो। ‘अध्यक्षलाई कारवाही गर्ने नीति लिनु सही हो त?’ उनको प्रश्न छ–‘त्यसको फाइदा प्रतिगामीले लिन्छ।’
 

विशेष