साँढेको आक्रमणवाट वृद्ध महिलाको मृत्यु
सप्तरीमा साँढे गोरुको आक्रमणवाट एक वृद्धाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२, की ८० वर्षिय दुर्गीदेवी साहको साँढेको आक्रमणवाट मृत्यु भएको हो ।
सोमवारी राती करिव ९ वजे आफ्नै घर अगाडी बाटोमा हिडी रहेको वेला उनलाई पछाडीबाट साँढेले आक्रमण गरेको थियो ।
गम्भिर घाईते भएकी उनलाई तत्कालै उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लाने क्रममा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले वताए ।