News राजनीति

रेशम चौधरीलाई जन्मकैद हुँदा प्रचण्डलाई कारवाही किन भएन ? : राजेन्द्र महतो  

रेशम चौधरीलाई जन्मकैद हुँदा प्रचण्डलाई कारवाही किन भएन ? : राजेन्द्र महतो  

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले ‘राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद हुँदा पुस्पकमल दाहाल प्रचण्डलाई चाहिँ कारवाही किन भएन?’ भनेर प्रश्न गरेका छन् । 

जनयुद्धको वेला प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत जातिय प्रवेशको सपना वाँडेर हजारौको हत्या गरेको तर वाचा पुरा नगरेको भन्दै आलोचना गरे । उनले भने– ‘रेशम चौधरीलाई जन्मकैद हुने भए प्रचण्डलाई हजार वर्ष जेल सजायँ दिए पनि कमै हुन्छ।’

प्रतिनिधि सभा विघटनविरुद्ध सोमवार जनकपुरमा आयोजित विरोध कार्यक्रममा वोल्दै नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा धेरै प्रचण्डको आलोचना गरे । नेपालको संविधानमै त्रुटि भएका संसद विघटन भएको उनको तर्क छ । 

संविधान निर्माताहरुले आफ्नो समुदायको हितमा संविधान लेख्ने काम गरेको कारण पटकपटक असफल भएको उनको दाबी थियो ।

२०१७ सालमा शाहवंशका राजाहरुले आफ्नो लागि, ४६ सालमा राजा, कांग्रेस र कम्युनिष्टले आफ्नो समुदायको लागि तथा ७२ सालमा कांग्रेस, एमाले र माओवादीले आफ्नो जातीय अग्राधिकार कायम राख्न संविधान निर्माण गरेको महतोले आरोप लगाए ।

उनले भने, ‘देशमा मधेसी, आदिवासी, जनजाति, महिला तथा उत्प्रेरित वर्ग र समुदायको पक्षमा कहिल्यै पनि संविधान लेखिएन । संविधान निर्माणमै खोट छ ।’

विशेष